FAQs Complain Problems

आ.व. ०७५/७६ को वार्षिक विकाश योजना पुस्तिका विमोचन कार्यक्रम सम्पन्न तथा ३ दिने पञ्च वर्षिय आवाधिक योजना तर्जुमा कार्यशाला गोष्ठीको सुरुवात

मिति २०७५/०७/२९ गतेका दिन गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा वार्षिक विकाश योजना पुस्तिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि कर्मचारी तथा समाजका अगुवाहरुको विचमा संचालन भएको कार्यक्रम मा संघिय, प्रदेश र शान्तिनगर गाउँपालिकाको आन्तरीक आम्दानी समेत जोडी योजना वनाइएको कुल बजेट २८ करोड ७८ लाख १६ हजार रहेको थियो । योजना पुस्तिकामा सहभागीतामुलक योजना तर्जुमा प्रकृयावाट समावेस भएका योजनाहरु स्वीकृत भएको भनेर प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी ले बताउनु भएको थियो । गाउँपालिका अध्यक्ष डाँगीले पुस्तक विमोचनबाट पारदर्शिता, जवाफदेहिता प्रवद्धन हुने भनेर बताउनु भयो । त्यसैगरी आजैबाट ५ बर्षिय आवाधिक योजना तर्जुमा कार्यशाला गोष्ठी गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा सुरुवात भएको छ । ह्युमन डेभलपमेन्ट कन्सलटेन्सीको सहयोग तथा शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा प्रारम्भ भएको कार्यक्रम कार्तिक २९, ३० र मंसिर १ गते गरी ३ दिन सम्म संचालन हुने छ । गाउँपालिका आवधिक योजना निर्माण भएपछि वार्षिक विकाश योजना तर्जुमा गर्न सहयोग पुग्ने विस्वास रहेको र गाउँपालिका का समस्या, चुनौती, संभावना र अवसरको उजागर भई गाउँपालिका को समग्र विकाशमा सहयोग पुग्ने भनेर उक्त कार्यक्रममा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सीले बताउनु भयो । त्यसैगरी गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले यो आवधिक योजना जनताको Choice, Voice र Right को सम्वोधन गर्दै समग्र शान्तिनगरको भाग्य र भविश्य कोर्न सहयोग पुग्ने भनेर बताउनु भयो ।

आर्थिक वर्ष: