FAQs Complain Problems

आ.व. २०७५/०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज मिति २०७५/०८/२६ गते यस शान्तिनगर गाउँपालिकाको कार्यालय प्राङ्गणमा आ.व. २०७५/०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। पत्रकार तथा  प्रदेश  टुडेका सम्पादक  श्री गोपाल सर्मा भट्टराई उद्घोषक रहेको कार्यक्रममा स्वयं भट्टराईले कार्यक्रममा पाल्नुहुने सम्पुर्ण शान्तिनगरवासी, सेवाग्राही, पत्रकार, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा कर्मचारीहरूलाइ स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा गाउँपालिका का सम्पुर्ण विषयगत शाखा प्रमूख तथा योजना शाखा प्रमुखले आ-आफ्ना शाखाको चौमासिक प्रगति विवरण सबै सहभागीका माझ प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी ७ वटै वडाका वडा अध्यक्षले आ- आफ्ना वडाका आर्थिक, भौतिक तथा सामाजिक योजनाहरुको प्रगति विवरण पेश गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले  आफ्ना प्रश्न, जिज्ञासा र सुझाव दिनुभएको थियो । प्रश्नहरुको उत्तर तथा जवाफ यस गाउँपालिका का अध्यक्ष श्री कमानसिंह डाँगी, उपाध्यक्ष श्री मिथिला साह, प्रमुख प्रशासकीय अधिकृत श्री निम बहादुर के. सी. तथा शाखा प्रमुखहरुले दिनुभएको थियो ।

आर्थिक वर्ष: