FAQs Complain Problems

गाउँपालिका स्तरीय समुदायमा आधारित संरक्षण प्रणालीको अनुशिक्षण तालिम सम्पन्न ।

मिति २०७५/०२/०१ गते देखि  एस शान्तिनगर गाउँपालिकामा संचालनमा रहेको “गाउँपालिका स्तरीय समुदायमा आधारित संरक्षण प्रणालीको अनुशिक्षण “ तालिमको समापन एस गाउँपालिका उपादक्ष्य श्री मिथिला शाहबाट भएको छ । ५ दिन सम्म संचालनमा रहेको उक्त कार्येक्रमको सम्उत्घाटन गाउँपालिका अदक्ष्य श्री कमानसिंह  डाँगीले गर्नु भएको थियो   । उक्त कार्यक्रममा एस गाउँपालिका का न्यायिक समितिका सदस्य,वडा अदक्ष्यहरु, कार्यपालिका सदस्य, सहकारी संस्थाका अदक्ष्य तथा सामाजिक परिचालिकाहरु गरि जम्मा २५ जनाको सहभागिता रहेको थियो । तुलसीपुर उच्च अदालत वारका पूर्व अदक्ष्य अधिवक्ता श्री मोहन धिताल यवं उच्च अदालत तुलसीपुरकै उप-रजिस्टार श्री रुद्रमणि गिरीले प्रशिक्षकको रुपमा पाल्नुभएको थियो । कार्यक्रमको मुख्य उदेस्य स्थानीय तहमा न्यायिक अधिकारको औचित्यको बारेमा स्पस्टता, न्यायिकनिरुपण पद्धती र प्रक्रियाको ज्ञान अभिबृधि गर्ने साथै विबाद दर्ता देखि निर्णय कार्यन्वयन सम्मका विषयमा न्यायिक समितिले अवलम्वन गर्नुपर्ने आधारभूत कानुन, प्रक्रिया र कर्येविधिको वारेमा जानकारी गराउनु रहेको थियो । तालिम संचालकको रुपमा गाउँपालिका महिला तथा वालबालिका साखा प्रमुख श्री गुप्ता अधिकारी रहनु भएको थियो ।

आर्थिक वर्ष: