FAQs Complain Problems

शान्तिनगरको गाँउपालिको चौथो गाँउसभा सम्पन्न

यस शान्तिनगर गाँउपालिको चौथो गाँउसभा (बर्षे अधिवेशन) गाँउपालिकाको कार्यालय दुई तिहाई बहुमतका साथ चिराघाट बाट जुम्लेकुलामा सार्ने निर्णय गर्दै आज समापन भएको छ । गाँउपालिका प्रमुख कमानसिंह डाँगीको अध्यक्षतामा सम्पन्न गाँउसभामा आर्थिक बर्ष ०७५/०७६ को २८ करोड ७८ लाख १६ हजार बराबरको कुल बजेट प्रस्तुत भएको थियो । जस अन्र्तगत पुजिगत तर्फ २४ करोड १८ लाख १६ हजार ,चालु बजेट तर्फ ४ करोड ६० लाख,स्वास्थ्य तर्फ ६० लाख,शिक्षा तर्फ ६० लाख ,पशु तर्फ २५ लाख,कृषितर्र्फ ६० लाख, त्यस्तै महिला तथा वालवलिका तर्फ ७ लाख , गाँउपलिकाको गौरबका आयोजना तर्फ २ करोड ५० लाख र वार्ड तर्फ ६० लाख देखि ७५ लाख रकम बिनियोजन भएको छ । गाँउपालिकाको चौथो गाँउसभामा आर्थिब विधेक २०७५ ,निति तथा कार्यक्रम २०७५र बिनियोजन बिधेयक २०७५ समेत पारित भएको गाँउपालिकाका प्रबक्त्ता रवि बुढाथोकीले जानकारी दिनुभएको छ । 
यसै अवसरमा गाउँपालिकामा आ-आफ्नो क्षत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शिक्षकलाई नगद सहित स-सम्मान प्रसंसा पत्र प्रदान गरिएको छ । गाउँपालिका अद्क्ष कमानसिंह डाँगीले नगद राशि र प्रमाण-पत्र प्रदान गर्नु भएको थियो भने गाउँपालिका उपाद्क्ष मिथिला शाहले टिका लगाएर दोसल्ला वढाई सम्मान गर्नु भएको थियो ।

आर्थिक वर्ष: