FAQs Complain Problems

शान्तिनगरमा गाउँपालिकामा विपद पुर्व तयारी

यस शान्तिनगर गाँउपालिकामा विपदबाट हुन सक्ने संभाबित क्षति कम गर्न पुर्वतयारी थालिएको छ । शान्तिनगर गाँउपालिकामा रहेका सम्पुर्ण वार्डहरुमा वार्ड स्तरिय विपद व्यवस्थापन समिति गठन र परिचालन ,विपदले क्षति पुराउन सक्ने स्थानको पहिचान र गाँउपालिकामा रहेका सम्पुर्ण निकाय तयारी अवस्थामा रहने निर्यायहरु गरेको छ । शान्तिनगर गाँउपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक श्री कमान सिंह डाँगीको अध्यक्षतामा मंगलवार बसेको पुर्व तयारी बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त अवसरमा तत्काल प्रत्येक वार्डहरुमा वडा स्तरिय विपद व्यवस्थापन समिति गठन गर्ने र आवस्यक अवस्थामा परिचालन हुने निर्णय गरेको छ । त्यस्तै तत्काल वार्ड स्तरिय विपद व्यवस्थापन समितिले संभाबित विपद हुन सक्ने स्थानहरु र त्यहा उपलब्ध हुनसक्ने आबस्यक खुला चौर एकिन गरि गाँउपालिकामा पठाउने निर्णय गरेको छ । बैठकले बिगत एक हप्तादेखि परिरहेको वर्षाका कारण हुन सक्ने विपदका घटनालाई ध्यानमा राखी गाँउपालिका भित्र रहेका जनप्रतिनिधि,राजनितिककर्मीहरु,शिक्षक,कर्मचारी,सुरक्षाकर्मी,सरकारी एंव गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु तयारी अवस्थामा रहने र यो समयमा मोवाईल अफ समेत नर्गर्ने निर्णय गरेको छ । 
बैठकमा नेपाल रेडक्रस सोसाइटी पवन नगर उपसाखाका सभापती विमल केसीले शान्तिनगर क्षेत्रमा हुन सक्ने बिपदका घटनालाई मध्यनजर गर्दे चाहिने सामाग्रिहरुका किटहरु तयारी अवस्थामा रहेको जानकारी गराउनु भएको थियो ।

आर्थिक वर्ष: