FAQs Complain Problems

शान्तिनगर गाउँपालिका वडा नं ३ मा निर्माण भएको पुलको उत्घाटन सम्पन्न

असार २५-यस शान्तिनगर गाउँपालिका को वडा नं ३ बस्तिखोला मा निर्माण भएको पुलको उत्घाटन सम्पन्न भएको छ । गाउँपालिका अध्क्ष्य श्री कमानसिंह डाँगीले रिवन काटी पुलको उत्घाटन गर्नु भएको थियो। उत्घाटन क्रम मा बोल्दै अध्क्ष्य कमानसिंह डाँगीले सोच र आँट भएपछि सानो पुँजिले पनि ठुला ठुला काम गरेर देखाउन सकिने र उक्त पुल तेसैको यउटा नमुना भएको बताउनु भएको थियो । तेसै क्रममा बोल्दै वडा नं ३ का वडा अध्क्ष्य श्री बुद्धिराम तिवारी ले तारजाली लगाइ पुललाइ अझ बलियो र पुलको आयु बढ्ने बताउनु भयो । पुल गाउँपालिकाको गौरव र नमुना आयोजना रहेको उक्तपुल निर्माणका लागि १५ लाख खर्च भएको र उक्त पुलले वडा नं ३ र २ लाई जोड्ने काम गरेको भनेर गाउँपालिका का प्रवक्ता श्री रबि बुढाथोकीले जानकारी गराउनु भएको थियो ।

आर्थिक वर्ष: