FAQs Complain Problems

स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

शान्तिनगर गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष श्री कमानसिंह डाँगीको अध्यक्षतामा स्मपन्न भएको छ । कार्यक्रममा ३ वटै वडाका स्वास्थ चौकी प्रमुख र ४ वटै वडा स्वास्थ्य केन्द्रका प्रमुखले आ-आफ्नो संस्थाको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो साथै ७ वटै वडाका वडा अध्यक्षले आ-आफ्नो वडामा रहेका स्वास्थ्य संस्थाको विश्लेषनात्मक भनाई राख्नु भएको थियो । कार्यक्रममा सुआहारा परियोजनाका पोषक अधिकृत लिल वि.क तथा स्वास्थ्यका लागी सक्षम प्रणाली प्रतिनिधि सविता पोख्रेलले पनि आफ्नो भनाई राख्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत श्री निम बहादुर के.सी. भनाई पश्चात गाउँपालिका अध्यक्षले आफ्नो निर्देशनात्मक भनाई सहित कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ संयोजक श्री हरि बहादुर पुनले गर्नु भएको थियो ।

आर्थिक वर्ष: