FAQs Complain Problems

स्वास्थ मासु उत्पादन तथा उपभोग सम्वन्धि सरोकारवाला र व्यवसायिक विच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

मंसिर ७- यस शान्तिनगर गाउँपालिका पशुसेवा साखाको आ.व. २०७५/७६ वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ मासु उत्पादन तथा उपभोग सम्वन्धि सरोकारवाला र व्यवसायिक विच अन्तरक्रिया कार्यक्रम यस गाउँपालिका का अध्यक्ष श्री कमानसिंह डाँगीको अध्यक्षतामा कार्यक्रम संचालन गरियो । भेटनरी अस्पताल विज्ञकेन्द्र दाङका वरिष्ट पशु चिकित्सक डा. वेद बहादुर के.सी. ले कार्यक्रममा कार्यपत्र पेश गर्नु भयको थियो, जस्मा गोठ देखि ओठ सम्मको प्रकृयालाइ कसरी स्वस्थ राख्ने विषयमा व्यापक छलफल गरीएको थियो । कार्यक्रम को संचालन यसै गाउँपालिका का पशुसेवा साखा संयोजक देवराज आचार्यले गर्नु भएको थियो, जस्मा कुखुरापालक, मासु व्यवसायी, औषधि पसल र उपभोक्ताको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष: