FAQs Complain Problems

१ महिने मन्टेश्वोरी विधिको तालिम सफलताका साथ समापन ।।।

यस शान्तिनगर गाउँपालिकामा मिति २०७४/१२/२० गतेबाट संचालित १ महिने मन्टेश्वोरी विधिको तालिमको सफलताका साथ आज समापन भएको छ । शान्तिनगर गाउँपालिकामा रहेका आधारभूत विद्यालयका सबै वाल विकाश केन्द्रबाट प्रतिनिधित्व गर्दै ३६ जना सिक्षिकाहरुले मन्टेश्वोरी विधिको तालिम लिनुभएको थियो । उत्क्रिस्ट अंक प्राप्त गर्ने प्रशिक्षार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै यस गाउँपालिका अदक्ष्य कामनसिंह डाँगीले प्रसिक्षार्थिको जोस र जागंरको प्रसंशा गर्नु भएको थियो । उहाँले घन्टौ चैत बैशाखको गर्मिमा काखे बच्चा च्यापेर दैनिक समयमा हिडेरै कक्षामा हाजिर हुने एकदमै प्रसंसनिय भएको बताउनु भएको थियो । तेसै क्रममा गाउँपालिका का प्रमुख प्रसासकीय अधिकृत निम बहादुर के. सी. ले आफुले येही तालिमको उत्घाटन समारोहमा बताएको कुरा स्मरण गराउनु भयो । उहाँले केही समय अघि तालिमको उदेश्य यस गाउँपालिका का ७ वटै वडामा संचालनमा आउँने मन्टेश्वोरी विधिमा का विद्यालयका लागि दक्ष जनसक्ति उत्पादन गर्ने भनेको र आजको दिनमा त्यो दक्ष जनसक्ति उत्पादन भइसकेको र अब पुरै उर्जा लगाएर बालबालिकाको उज्वल भविस्य बनाउन तर्फ लाग्नु पर्ने बताउनु भयो । तेसै गरी आफ्नो मन्तब्य राख्ने क्रममा यस गाउँपालिकाका शिक्षा शाखा प्रमुख घनश्याम वोलीले साच्चिकै नै तालिम सोचेको भन्दा पनि सफल भएको, ९० प्रतिसत प्रसिक्षार्थिले राम्रो अंक ल्याएकाले १ महिने तालिमले न्याय पाएको बताउनु भयो । तेसै गरी यस गाउँपालिका का सबै वडा अदक्ष्यहरुले मन्टेश्वोरी विधिको तालिम सफलताका साथ समापन भएकोमा खुसी व्यक्त गर्नु भएको थियो । समापन कार्यक्रम शान्तिनगर गाउँपालिका वडा नं ४, जुम्लेकुला मा अवस्थित सरस्वती आधारभूत विद्यालयमा भएको थियो ।

आर्थिक वर्ष: