FAQs Complain Problems

४० औ शिक्षा दिबस एबं निजामती दिबसको अवसरमा गाउँपालिकामा एक कार्यक्रम को आयोजना गरि सप्पन्न

यस शान्तिनगर गाउँपालिकामा ४० औ शिक्षा दिबस एबं निजामती दिबसको अबसर पारेर चिराघाटमा एक कार्यक्रम को आयोजना गरि सप्पन्न गरिएको छ गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा भएको बक्तृत्वकलामा खिम बहादुर बस्नेत प्रथम / देब बहादुर ओलि दोस्रो र कुमार ओलि तेस्रो त्यसै गरि निबन्ध तर्फ प्रेम कलि चौधरी प्रथम / झरना के सि दोस्रो र गणेश ओलि ले तेस्रो स्थान हासिल गरेका थिए त्यसै गरि लोक नृत्य तर्फ चेतना डि सि प्रथम / जानकी बिक दोस्रो र सलिना डि सि ले तृतीय स्थान हासिल गरेका थिए सोहि कार्यक्रममा चार जना कर्मचारी र चार जना शिक्षक लाइ पनि सम्मान गरिएको थियो सम्मानित हुने कर्मचारीहरुमा लेखा भन्डारी / देब राज आचार्य / प्रकाश बिष्ट र बिनोद चौधरी रहनु भएको छ  त्यसै गरि उत्कृष्ट शिक्षकहरुमा निम कान्त पाण्डे/ कृष्ण चन्द / भारत के सि र देब बहादुर के सि रहनु भएको छ भने बालबिकास तर्फ कौशिला पुरि लाइ सम्मान गरिएको छ। कार्यक्रममा शिक्षा शाखा प्रमुख घनश्याम ओलि ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत निम बहादुर के सि र वडा नम्बर एकका अध्यक्ष जङ्ग बहादुर पुनले बोल्नु भएको थियो शान्तिनगरका सामुदायिक र संस्थागत बिधालय हरुको सहभागिता रहेको कार्यक्रम को सहजीकरण गाउँ पालिकाका प्रेस संयोजक निराश पाण्डे ले गर्नु भएको थियो ।

आर्थिक वर्ष: