FAQs Complain Problems

समाचार

शान्तिनगर गाउँपालिकाको आधिकारिक वेभसाइटमा तपाईलाई स्वागत छ ।

शान्तिनगर गाउँपालिका प्रदेश नं. ५ मा पर्ने दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । नेपालको मानचित्रमा ८२७’५” देखि ८२१५’३०” पूर्वी देशान्तर र २८६’३५” देखि २८१५’३०” उत्तरी अक्षांसमा अवस्थीत रहेको यस गाउँपालिकाको दक्षिण तिर दंगीसरण गाउँपालिका, पूर्वमा तुलसीपुर उप-महानगरपालिका तेसै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका आवस्थित रहेको छ । कुल ११६.०२ वर्ग कि. मी मा फैलिएको शान्तिनगर गाउँपालिकाको २०६८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २५,२०३ रहेको छ जसमा सबै भन्दा बढी  १०,९१८ जना (४३.३२%) क्षेत्रि जाति को बसोबास रहेको छ । तेसै गरी दोस्रोमा थारु र तेस्रो मा मगर समुदायको बसोबास रहेको छ।  जम्मा सात वडा रहेको यस गाउँपालिका साबिक बाघमारे, शान्तिनगर र धनौरी गा.वि.स को समाबेशबाट गठन भएको छ ।

हालको वडा नं. समाबेश भएका साविक गा.वि.स साविकको वडा नं.
बाघमारे १,७-९
बाघमारे २-६
शान्तिनगर ३-७
शान्तिनगर १,२,८,९
धनौरी ६,८,९
धनौरी १,२,५
धनौरी ३,४,७