समाचार
करार सेवा सम्बन्धी सूचनाः अ.हे.व-अ.न.मी
प्रथम पटक सूचना प्रकाशित मिति: २०७६/१०/२१
यस शान्तिनगर गाउँपालिकाको लागि आवश्यक तपशिल बमोजिमका पद र देहायको प्राबिधिक कर्मचारीहरु करारमा भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशन भएको मितिले १५औं दिनको दिनको २:०० (दूई) बजे सम्म गाउँपालिकाले निर्धारण गरेको फाराम भरी दरखास्त दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन न.
आवश्यकता संख्या
सहायक चौथौ
आधारभूत स्वास्थ्य सेवा केन्द्र, सानो तुलसीपुर
सहायक चौथौ
आधारभूत स्वास्थ्य सेवा केन्द्र पेदिखोला-१,वस्तीखोला-१,सानो तुलसीपुर-१
शैक्षिक योग्यता रअनुभव:
- अ.हे.व को हकमा नेपाल सरकारको मान्यताप्राप्त शिक्षण संस्थाबाट सि.एम.ए उत्तिर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्नेछ ।
- अ.न.मि को हकमा नेपाल सरकारको मान्यताप्राप्त शिक्षण संस्थाबाट अ.न.मि उत्तिर्ण गरि नेपाल नर्सिङ परिषदमा दर्ता भएको हुनुपर्नेछ ।
- दुवै सेवा समूहको उमेद्वारको उमेरको हकमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको र अपाङ्ग तथा महिलाको हकमा ४० बर्ष ननाघेको हुनुपर्नेछ ।
- अन्य प्रचलित कानुनबाट अयोग्य नठरिएको हुनुपर्नेछ ।
दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरु:
- नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी ।
- शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी ।
- अनुभवको प्रमाणित प्रतिलिपी ।
- व्यवसायी परिषदमा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
- उम्मेदवारको व्यतिगत विवरण।
- स्थायी बसोबासको प्रमाणित कागजात को प्रतिलिपी ।
दरखास्त दस्तुर: दुवै पदका लागि रु ५००/- (पाँच सय मात्र)
परिक्षाको किसिम: शान्तिनगर गाउँपालिकाको करार कर्मचारी भर्ना सम्बन्धि बनेको कार्यबिधि बमोजिम हुनेछ ।
द्रष्टब्य: थप जानकारीको लागि शान्तिनगर गाउँपालिकाको वेवसाईट: http://shantinagarmun.gov.np/ मा हेर्न सकिने छ ।
प्रमुख प्रशासकीय अधिकृत