FAQs Complain Problems

समाचार

मिति २०७६ चैत्र २० का निर्णयहरु

मिति २०७६ चैत्र २० गतेका दिन शान्तिनगर गाउँपालिकाका अध्यक्ष श्री कमानसिंह डाँगी ज्यूको अध्यक्षता एवं कार्यपालिका सदस्य लगायत कर्मचारीसहितको उपस्थितिमा बैठक राखी निम्न निर्णय गरियो ।

प्रस्तावहरु:

  1. राहत वितरणको मापदण्ड सम्बन्धमा

निर्णयहरु:

  1. माथि उल्लेखित प्रस्ताव नं १ मा छलफल गर्दा विश्वव्यापी माहामारी कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको अवस्थामा लक्षित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरणको लागि देहाएका मापदण्ड समेतका आधारमा लक्षित घर परिवार पहिचान गर्ने निर्णय गरियो ।

 

  •  
  1. विदेश तथा स्वदेशमा रोजगारी भएका घर परिवार वाहेक अन्य क्षेत्रमा दैनिक ज्यालादारी गर्ने, खनजोत गर्ने, घर टहरा बनाउने, सडक निर्माण गर्ने लगायतका ज्यालादारी काम गर्ने कामदारको घरपरिवारलाई राहत उपलब्ध गराउने ।
  2. कोभिड-१९ रोकथाम तथा नियन्त्रणको क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन २०७६ को बुंदा नं १४ बमोजिम राहत वितरण गर्ने ।
  3. राहत वितरणको लागी खरिद गर्ने खाद्यान्न यस शान्तिनगर गाउँपालिकामा रहेको साउनेपानी कृषि सहकारी संस्थासँग सम्झौता गरी उक्त सहकारी मार्फत नेपाल खाद्यान्न संस्थानबाट खरिद गर्ने ।
  4. विदेश तथा स्वदेशमा रोजगारी भएका भए तापनि लकडाउनको समयमा रोजगारमा समेत प्रभाव परि लकडाउनमा बसेका रोजगारवालाको परिवारलाई वडा अध्यक्षको सिफारिसमा राहत उपलव्ध गराउन सकिने ।
  5. अन्य मापदण्ड र शर्त बन्देजका विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन २०७६ अनुसार गर्ने ।
  6. १,२ र ३ नं वडाका पहाडी क्षेत्रका वस्तीहरुमा बाहेक न्यूनतम ५ कठ्ठा जग्गा भएको र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने परिवारलाई विशेष प्राथमिकतामा राख्ने ।
  7. कुनै लक्षित परिवार तथ्याङ्कमा छुट भई राहत नपाएको गुनासो गर्न आएमा सम्बन्धित वडा अध्यक्षको पहलमा समस्या समाधान गर्ने ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: