FAQs Complain Problems

विकाश निर्माण तथा योजनाको भुक्तानी सम्बन्धी सूचना ।।

 हाल विश्वभर फैलिएको कोभिड १९ को महामारीका कारण देश लकडाउनको अबस्थामा रहेको तथा यस दाङ जिल्लामा पनि कोरोना संक्रमित भेटिइसकेको अबस्थामा कार्यस्थलमा ठूलो भिडभाड गर्न गराउन निमिल्ने परिस्थिति भएको हुदा बिकास निर्माण सम्बन्धी थप नया योजनाहरुको सम्झौता नगर्ने तर सन्चालन भएका योजनाहरु सुरक्षा मपदन्डको पालना गरि यथावत कार्य संचालन गर्ने र सम्पन्न भएका योजनाको भुक्तानी दिने काम नरोक्ने निर्णय भएको हुदा गापाले करोवार गर्ने नेपाल इन्भेष्टमेन्ट बैक सोमबार र बुधबार गरि हप्तामा दुई दिन मात्र खुल्ने भएकोले भुक्तानीका लिनका लागि अाउनु हुने उ. स तथा अन्य सरोकारवाला सबैलाई अाईतबार र मंगलबार कार्यालयमा अाईदिनु हुन जानकारी गराइन्छ ।

-प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: