FAQs Complain Problems

सम्पत्ति कर तिर्नका लागि आवश्यक पर्ने कागजातहरु

२०२१ साल भन्दा अघि बनेको घरको सम्पत्ति कर निर्धारण गर्दा आवश्यक पर्ने कागजातहरु :

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) को प्रतिलिपि,

३. लम्बाई, चौडाई, घरको तल्ला खुलेको वडाको सिफारिश / प्राविधिकबाट फिल्ड निरिक्षण / नापी नक्शा,

४. घर भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि,

५. पहिले कर कार्यालयमा कर तिर्नु भएको छ भने कर तिरेको प्रमाण पत्रको प्रतिलिपि,

६. घर धनीको नाममा कुनै किसिमको उद्योग, व्यवसाय, संघ संस्था दर्ता भएको छ भने प्रमाण पत्रको प्रतिलिपि,

७. आगामी आ.ब. मा कर तिर्न आउन हुँदा यस आ.ब.मा कर तिरेको प्रमाण पत्र लिई आउनु होला |

२०२१ साल पछि बनेको घरको सम्पत्ति कर निर्धारण गर्दा आवश्यक पर्ने कागजातहरु :

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) को प्रतिलिपि,

३. नक्शा पास प्रमाण पत्र प्रतिलिपि, घर नक्शाको प्रतिलिपि, निर्माण सम्पन्न प्रमाण पत्र प्रतिलिपि , (तल्ला थप गरेको भए प्रत्येक पटकको नक्शा, नक्शा पास प्रमाण पत्र प्रतिलिपि),

४. नक्शा पास नगरी निर्माण गरेको हकमा प्राविधिकद्वारा फिल्ड निरिक्षण गराउनु पर्ने,

५. साविक घर भत्काई नयाँ घर बनाएको हकमा साविक घरको तिरेको प्रमाण पेश गर्नु पर्ने,

६. घर भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि,

७. पहिले कर कार्यालयमा कर तिर्नु भएको छ भने कर तिरेको प्रमाण पत्रको प्रतिलिपि,

८. घर धनीको नाममा कुनै किसिमको उद्योग, व्यवसाय, संघ संस्था दर्ता भएको छ भने प्रमाण पत्रको प्रतिलिपि,

९. आगामी आ.ब. मा कर तिर्न आउन हुँदा यस आ.ब.मा कर तिरेको प्रमाण पत्र लिई आउनु होला |

अघिल्लो आ.व.को कर बुझाईसकेको करदाताबाट घर जग्गा हक हस्तान्तरण भई आएको हकमा घर जग्गा कर निर्धारण गर्न आवश्यक कागजातहरु:

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. नामसारी भई आएको जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) को प्रतिलिपि,

३. चा.लु. आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि,

४. रजिष्ट्रेशन पासको प्रतिलिपि, दाखिला खारेज (दा.खा.), कित्ताकाट भएको कागज, लिलाम सकार / विक्री आदि, अंशवण्डा, हालैदेखिको वकस पत्र, नामसारी, फैसला कार्यन्वयन,

५. नामसारी भएको नक्शा पास प्रमाण पत्र र नक्शाको प्रतिलिपि,

६. घर भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि,

७. घर धनीको नाममा कुनै किसिमको उद्योग, व्यवसाय, संघ संस्था दर्ता भएको छ भने प्रमाण पत्रको प्रतिलिपि,

८. आगामी आ.ब. मा कर तिर्न आउन हुँदा यस आ.ब.मा कर तिरेको प्रमाण पत्र लिई आउनु होला |