FAQs Complain Problems

सूचना तथा समाचार

आईरन चक्की वितरण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी बारे

मिति २०७६ असार ८ गते आईतबार बिहानको १० बजे आईरन चक्की वितरण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी वि.पि. मा वि बयालेमा भएकाले सबै मा.वि तथा आ.वि तहाका विद्यालयबाट १ जना स्वास्थ्य शिक्षक अनिवार्य उपस्थितिको लागी अनुरोध छ - शान्तिनगर गाउँपालिका

प्रश्नपत्र निर्माण कार्यशाला सम्बन्धमा

प्रश्तुत विषयमा अस्थायी शिक्षक छनौटका लागि शिक्षक सेवा आयोगको परिमार्जित पाठ्यक्रम अनुसार प्रश्नपत्र वनाउनु पर्ने भएकाले मिति २०७६/०३/०४ गते बिहानको १०:०० बजे यस गाउँपालिकामा सूचीकृत शिक्षा विशेषज्ञहरुलाई प्रश्नपत्र निर्माण कार्यशालामा अनिवार्य सहभागिताका लागि अनुरोध छ ।

मा.वि स्तरका विद्यालयका प्र.अ. को बैठक सम्बन्धि सूचना

राष्ट्रपति रनिङ शिल्ड तथा IEMIS को छलफलका लागि शान्तिनगर गाउँपालिकाको शिक्षा शाखामा भोलि मिति २०७६/०२/२८ दिनको ठिक ३ बजे देखि बैठक भएकाले यस शान्तिनगर गाउँपालिका का मा.वि को पढाई हुने संस्थागत एवं सामुदायीक विद्यालयका  प्र.अ हरुलाई उक्त बैठकमा उपस्थितिको लागि अनुरोध छ-शान्तिनगर गाउँपालिका

अत्याधिक गर्मीको कारणले गर्दा विद्यालय बन्द रहने सूचना

दिनप्रति दिन बढ्दै गएको गर्मीका कारण  यस शान्तिनगर गाउँपालिका का सम्पुर्ण विद्यालयहरुमा मिति २०७६ जेष्ठ १७ गते देखि २३ गते सम्मका लागि पठन-पाठन नहुने व्यहोरा सरोकारवालाहरु लाई जानकारीका लागि अनुरोध छ -शान्तिनगर गाउँपालिका 

शैक्षिक भ्रमणको कार्यक्रमको मिति परिवर्तन भएको सूचना !!

मिति २०७६ जेष्ठ ५ गते तोकिएको शिक्षा शाखाको आयोजनामा रहेको सैक्षिक भ्रमण विविध कारणले गर्दा रद्ध हुन गएको तथा उक्त भ्रमण कार्यक्रम जेष्ठ ७ गते हुने भएको सरोकारवाला हरुलाई जानकारीको लागि अनुरोध छ । -शिक्षा शाखा, शान्तिनगर गाउँपालिका

विद्यार्थीको नाम थर र जन्म मिति सच्याउने समबन्धि सूचना !!

शान्तिनगर गाउँपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले आधारभुत तह कक्षा ८ उतिर्ण विद्यार्थीहरुको नाम थर, जन्म मिति फरक परेमा मार्कसिट प्रिन्ट गर्न अफ्ठेरो परेको हुनाले शिघ्र तिघ्र शिक्षा यूवा तथा खेलकुद शाखामा जानकारी गर्नहुन अनुरोध छ, साथै एकपटक प्रिन्ट भएको मार्कलेजर पुन: स

सहयोगको लागि अनुरोध

यस शान्तिनगर गाउँपालिका वडा नं ४ जुम्लेकुलामा मिति २०७६ बैसाख २३ गते आगलागीका कारण बुद्धि बहादुर रेउले, गौरीलाल रेउले र कुल बहादुर रेउलेको घरहरु पुर्णरुपमा नष्ट भएको तथा आगलागीबाट ६० लाख बराबरको धन सम्पत्ति नोक्सान भएका कारणले गर्दा पडित परिवारका निम्ति शान्तिनगर गाउँपालिका विभिन्न संध-संस्था, उद

Pages

//